Media Network

उपसभामुख निर्वाचनको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौँ। प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङका लागि पुगेका पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न निषेध गरेका छन् । 

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा अहिले उपसभामुख छान्ने प्रक्रिया चलिरहेकाे छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद