उपसभामुखमा भुसाल र भट्टराईको प्रतिस्पर्धा


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
उपसभामुखमा भुसाल र भट्टराईको प्रतिस्पर्धा
काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुख पदमा पुष्पा भुसाल र विद्या भट्टराको प्रतिस्पर्धा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रतिनिधि सभाको उपसभामुख पदमा विद्या भट्टराईले बिहीवार दिउँसो  उम्मेदवारी दर्ता गराएकी छन्। 

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेतृ  पुष्पा भुसालले उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्।

यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र  कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।

उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।