उपसभामुखमा एमालेको पनि उम्मेदवारी


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
उपसभामुखमा एमालेको  पनि उम्मेदवारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अब उपसभामुखमा उम्मेदवारी दिने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि छलफल भइरहेको छ ।’

आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उपसभामुख चयनका लागि भोलि शुक्रबार दिउँसो ३ बजे संसद बैठकमा निर्वाचन हुनेछ । 

त्यस्तै सत्तारुढ गठबन्धनको तर्फबाट पनि नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ ।