Media Network

उपसभापति धनराज भन्छन्- गठबन्धन टुटे देश ठुलो दुर्घटनामा जान्छ


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश ठुलो दुर्घटनामा जाने दाबी गरेका छन् । आज अनामनगरस्तिथ नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने भन्दै आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने बताए । 

​​'हामीले जहाज ल्यान्डिङ नगर्दै एकले अर्कालाई आरोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्ने कुरा हामी आफैँमा प्रमाणित हुन्छ,' गुरुङले भने, 'हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्यान्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ ।'


Share:
Reaction :
ताजा समाचार
खेलकुद