Media Network

उद्धव पौडेलले कमल थापालाई छाडे


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाए । पार्टीको उपाध्यक्ष पौडेलले आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारी पाएका थिए । 

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले ब्यूँताएको राप्रपा नेपालमा गत फागुन १८ गते पौडेललाई उपाध्यक्षमा मनोनीत गरेका थिए । 

०३९ सालमा बिराटनगरका उपप्रधानपञ्च भएका पौडेल काठमाडौंको गोपीकृष्ण मुभीज तथा टिभी फिल्मीका सञ्चालक हुन् । 

काठमाडौमा फिल्म हल संचालन गर्न, निर्मातालाई सरकारका तर्फबाट सुबिधा दिन तथा निजी क्षेत्रबाट फिल्म निर्माणका लागि प्रोत्साहीत गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद