विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्रकाे मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुन: सुचारु नगरेपछि विवाद भएको थियो । मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए । तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो ।