Media Network

विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश


पविता पौडेल

१९ चैत्र २०७८,शनिबार

बुटवल । नेपाल कम्युनिष्ट पार्टी मााओवादी केन्द्रले वुटवल उपमहानपालिका वडा नम्वर ७ मा आज निर्वाचन प्रचार प्रसार कार्यलयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।उनीहरुले देश विकाश गर्ने  महिला मुक्ति र अधिकारको लागी लड्ने देशमा गणतन्त्र स्थापना गर्ने  गरिव जनताको अधिकारको लागि लड्ने पहिलो पार्टी नेकपा माओवादी केन्द्र भएकाले आफुहरु पार्टीमा प्रवेश गरेको बताए ।अवसरवादी समाज्यवादीहरुसंग लडेर देशमा गणतन्त्र स्थापना गर्ने पार्टी नेकपा माओवादी केन्द्र रहेको बताउँदै कार्यक्रमका  प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसिले अवको निर्वाचनमा आफ्नो पार्टीसँग अन्य पार्टीहरुले गठवनधन गर्न चाहे पछि नहट्ने र गठवन्धन नभएपनि डटेर एक्लै निर्वाचनमा जान तयार भएको वताएका छन् । 

आजकै मितीवाट बुटवल उपनगरपालिका का १९ वटै वटामा निर्वाचन प्रचारप्रसार कार्यालय खोलिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद