वाग्मती प्रदेश सरकारको बजेट बहुमतले पारित


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
वाग्मती प्रदेश सरकारको बजेट बहुमतले पारित
काठमाडौँ। वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । प्रदेश सरकारले असार १ गते सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आज बसेको प्रदेशसभा बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट  बहुमतले पारित गरेको हो ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित भएको हो ।

सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्ब रुपैयाँले बढी छ ।