काठमाडौं : नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले बजेटको मूल दिशा ठिक भएको बताएका छन्। संसदमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै कर छुटले अर्थतन्त्रलाई चलायमान बनाएको बताएका हुन्।
रिजालले भने, ‘आन्तरिक ऋण बढेको हो। तर, हामीले सिर्जना गरेको होइन नी। अर्थतन्त्रको चुनौती को सत्तामा छ, को सत्तामा छैन भन्ने कुराले फरक पार्दैन। ’
पूर्वाधार निर्माणका लागि हावादारी सपनाभन्दा ठिक बाटो लिने खालको भएको बताए।