Media Network

विप्लव नेतृत्वको नेकपा फुट्यो, चन्द पार्टीबाट निष्कासित


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौँ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीका अनुसार विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।  भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको लोहनीले जानकारी दिए । बैठकमा पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आजै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको  छ ।

स्थायिन तहको निर्वाृचन उपयोग गर्ने या नगर्ने भन्ने विषयमा उक्त पार्टीमा विवाद भएको थियो । महासचिव विप्लवले पार्टीलाई जानकारी नगाएर नै धर्मेन्द्रले उम्मेदवारहरुलाई फिर्ता बोलाएको भन्दै  सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र सुदर्शनलाई जीम्मेवारी मुक्त गरेको विज्ञप्ति जारी गरेका थिए । 

त्यस्तै चितवनमा जारी भेलाले पार्टीको दस्तावेजमाथि छलफल गरिरहेको र नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको जानकारी गराइएको छ । 







Share:
Reaction :
ताजा समाचार
खेलकुद