Media Network

विप्लव नेतृत्वको नेकपाबाट निष्कासित सुदर्शन र धर्मेन्द्र पक्षको काठमाडौँमा भेला


खबरस्टोरी संवाददाता

१६ बैशाख २०७९,शुक्रबार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ ले कारबाही गरेका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पक्षको काठमाडौँमा भेला सुरु भएको छ । 

पार्टीको ६८ जनाको केन्द्रीय समिती मध्ये ४० जना केन्द्रीय सदस्य उपस्थित भएको जनाईको छ । पार्टीको केन्द्रय सल्लाहकार समीतिका अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ सहित  पाँच जना नै बास्तोला र कन्चनको पक्षमा रहेको एक नेताले बताए र उनीहरु पनि भेलामा उपस्थित रहेको जनाइएको छ । 

 पार्टीको १२ औं केन्द्रीय समितिको बैठकले गरेको निर्णयविरुद्ध पार्टी प्रवक्ता प्रकाण्ड निर्वाचन आयोग पुगेको र  देशैभरी स्वतन्त्र भन्दै उम्मेदवार उठाएको भनेर बास्तोला र ओलीले आपत्ति जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरुलाई आर्थिक हिनामिनाको आरोप लगाएर महासचिव विप्लवले अनिश्चित समयको लागि भन्दै पदमुक्त गरिएको विज्ञप्ति जारी गरेका थिए । पार्टीबाट पद मुक्त भैसकेपछी अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र बहस गर्नको लागि यो बैठक बसेको र  बैठक केही दिन सम्म जारी रहने जानकारी गराईएको छ ।

पार्टी प्रतिबन्धको समयमा एमालेसँग गरेको तिन बुँदे सहमति देखि अहिले आएर स्थानिय निर्वाचन उपयोग गर्ने र चुनावी तालमेललाई हेर्दा उनीहरुले जनयुद्ध देखि एकीकृत जनक्रान्तिमा भएको शहिदको बलिदान एमालेको शरणमा लगियो । उनीहरु संसद छिर्ने दाउमा छन् । विचार र राजनीतिलाई मर्न नदिने भन्दै क्रान्तिको झण्डा झुक्न नदिने बास्तोला र ओली पक्षको भनाई छ । 

यता सहिद, बेपता तथा घाइते  परिवार, विद्यार्थी संगठन र कार्यकताहरुले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई पार्टी फुट्नबाट बचाउन नेताहरुलाई गरिएको कारबाही तत्काल फिर्ता लिएर क्रान्तिकारी बाटोमा अघि बढ्न चौतर्फीरुपमा दबाब दिईरहेका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद