बैठकमा महासचिव ‘विप्लव’ले राजनीतिक प्रस्ताव पेश गरेका छन् । सो राजनीतिक प्रतिवेदनलाई सबै केन्द्रीय सदस्यले अध्यायन गरिसकेपछि त्यसमाथि छलफल हुनेछ । त्यसपछि केन्द्रीय समिती बैठकमा स्थानिय तहको निर्वाचन र केही समय अगाडि संसदबाट पास भएको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को विषयमा छलफल हुने बताइएको छ । वर्तमान सरकारले घोषणा गरेको स्थानियतह निर्वाचन बहिष्कार गरेर जाने वा सो निर्वाचनलाई उपयोग गर्ने भन्ने विषयमा केन्द्रीय समीति बैठकले टुङ्गो लगाउने छ ।
संसदिय व्यवास्थाको विरोध गर्दै आएको नेकपाले आफ्नो पार्टी स्थापना भए यता भएका सबै संसदिय निर्वाचन बहिष्कार गर्दै आएको थियो । केही समय अगाडी केपी ओली नेतृत्वको सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको थियो । तर नेकपाले ओली नेतृत्वको सरकार संग नै तीनबुँदे सम्झौता गरेपछि सरकाले नेकपा माथिको प्रतिबन्ध हटाएको थियो । सोही तीनबुँदे सम्झौताको प्रभाकारी कार्यान्वयन नभएको भन्दै नेकपाले पटक–पटक सरकारसको ध्यानअकषर्ण गराइरहेको छ ।
गत फागुन २६ गते बसेको नेकपाको सचिवालय बैठकमा केही नेताले चुनाव उपयोग गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । परन्तु सोही विषयमा एउटा नीतिगत निर्णय लिनको लागी यो केन्द्रीय समीतिको बैठक बसेको हो ।
संसदिय व्यवस्थाको विरोध गर्दै एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएको सो पार्टीले अहिले सम्म स्थानिय तहको निर्वाचमा भाग लिने वा बहिष्कार गर्ने भन्ने विषयमा टुङ्गो लगाएको थिएन् । यस अघि उक्त पार्टीले निर्वाचन भन्दा पनि जनमत संग्रह गर्नु पर्ने माग गर्दै आएको थियो । अघिल्लो पटकको संसदिय निर्वाचन विप्लव नेतृत्वको नेकपाले बहिष्कार गरेको थियो ।