बुधवार प्रधानन्त्री निवास बालुवाटार पुगेर प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता गरेका हुन् । केपी ओली नेतृत्वको सरकारले नेकपा लाई प्रतिबन्ध लगाउदा सो पार्टीका नेता कार्यकर्तालाई सरकारले जेलहिरासतमा राखेको थियो । वि.स. २०७७ फागुन २० गने ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपा बीच ३ बुंँदे सम्झौता भएको थियो ।
सझौता पश्चात् सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध हटाएको थियो । सोही सम्झौताको प्रभावकारी कार्यान्वयन नभएको भन्दै नेता प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
सरकारले तीनबुँदे सम्झौताको प्रभावकारी रूपमा कार्यान्वयन नगरेको भन्दै विप्लव नेतृत्वको नेकपाकाले पटक–पटक सरकारको ध्यानआकर्षण गराउँदै आइरहेको छ।