Media Network

विप्लवका दुई नेता कारागारमुक्त


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।  

उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । 

अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगी पनि रिहा भएका छन् । 

मोरङ बुढीगंगा४ का खतिवडा र साही पालिका ७ निवासी डाँगीलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसारपसारमा संलग्न भएको अभियोग लगाइएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद