Media Network

विप्लवमा क्रान्ति गर्ने आट र हिम्मत देखिएन : ओम प्रकाश पुन


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्वल’ नेतृत्वको नेकपा परित्यागको घोषणा गरेका सेति महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुनले विप्लवले क्रान्ति गर्ने सपना देखेको तर आट र हिम्मत भने नगरेको बताएका छन् ।

आज माओवादी केन्द्रमा प्रवेश गर्दै नेता पुनले पछिल्लो उदयपुरमा भएको पार्टीको तेह्रौ बैठकमा आफुहरुले विप्लवलाई क्रान्ति गर्ने विषयमा तपाई कुन स्टेपमा जानु हुन्छ, र कति समय लाग्छ र यसमा गहन बहस गरौं भनेको तर विप्लवले यस विषयमा बोल्ड रुपमा कता जाने भन्ने विषयमा आट र हिम्मत नगरेको जस्तो र अलमलिएको जस्तो देखिएको बताएका छन् । 

उनले भने “पछिल्लो चरणको उदय पुरको तेह्रौ बैठकमा मैले विप्लव कम्रेडलाई अनुरोध गरेको थिए । हामीले पुर्नविचार गरौं, गम्भिर समिक्षा गरौं । यदि तपाई कुन स्टेप लिने हो । कति वर्ष लाग्छ त्यो विषयमा भन्नुस, हामी ज्यान र बलिदान दिन तयार छौं भन्यौं, तर उहाँले बोल्ड रुपमा कता जाने भन्ने विषयमा आट र हिम्मत नगरेको जस्तो र अलमलिएको जस्तो देखिएको, होला केही व्यवस्था होला, उहाँकाले पनि केही देख्नु भएको छ, होला तर हामीले विप्लवलाई धेरै आरोप गर्दैनौं ।”

उनले वैद्यको नेतृत्वमा क्रान्ति हुन्छ भनेर पहिले माओवादी विभान गरिएको र उनबाट नहने भन्दै त्यस पछि विप्लवको नेतृत्वमा क्रान्ति सफल हुन्छ भनेर पार्टी पुर्नगठन गरिएको तर ८ वर्ष हुँदा पनि केही नभएपछि अब  माओवादी आन्दोलनलाई  एकीकृत र धुवीकृत गर्ने हैसियत प्रचण्डामा नै छ भन्ने निश्कर्ष निकालेर आफुहरु माओवादीमा प्रवेश गरेको बताए ।

विप्लवमा केही गर्न खोजेको जस्तोे देखिएको, उनको इच्छा र चाहना पनि हो की जस्तो देखिएको तर क्रान्ति पुरा गर्न इच्छा र चाहना भएर मात्र पुरा नहुने भन्दै नेता पुनले वैद्य, विप्लव, धर्मेन्द्र बास्तोला लगाएतका नेताहरुको नेता प्रचण्ड नै भएको भन्दै उनीहरुलाई माओवादी केन्द्रमा नै गोलबद्ध हुन् आह्वान समेत गरेका छन् । 

बुधवार विप्लव नेकपाका सेती, महाकाली ब्यूरो इन्चार्ज ओम प्रकाश पुन लगाएत ३ जना केन्द्रीय सदस्य, २ जना प्रस्तावित केन्द्रीय सदस्य सहित ५४ जना नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद