वीरगञ्जको बैठक स्थगित गरी वार्तामा आउन उपेन्द्रलाई बाबुरामको आग्रह


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
वीरगञ्जको बैठक स्थगित गरी वार्तामा आउन उपेन्द्रलाई बाबुरामको आग्रह
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्षलाई वीरगञ्जको बैठक स्थगित गरेर वार्ता गर्न आह्वान गरेका छन् । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले भोलिदेखि वीरगञ्जमा सुरुहुन लागेको बैठक रोकेर वार्तामा आउन  उपेन्द्र यादवलाई आग्रह गरेका हुन्। 

जापानका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए । पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा अध्यक्ष राख्न नमानेको गुनासो गरे ।

“कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ समेत 'उनले भने '।