वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । राति करिब २ बजे स्कार्पियो र मिनीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।
नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको प्रहरी जनाएको छ ।