काठमाडौं । सरकारले आगामी २०८९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाकाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ ।
निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते भित्र निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।
निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो ।
स्थानीय तहको निर्वाचन घोषणाले संघ तथा प्रदेशको निर्वाचनका लागि पनि बाटो खुला भएको छ । स्थानीय तहको निर्वाचन लगत्तै २०७९ सालमा सबै तहको निर्वाचन हुने सुनिश्चितजस्तै भएको छ ।