माओवादी शान्ति प्रक्रियामा आएपछि १४ प्रदेशको भौगोलिक तथा जातीय संरचना तय गरेको थियो । यसअघि नै १४ प्रदेशको अवधारणामा जाने तय गरेको क्रान्तिकारी माओवादीले ३ प्रदेश घटाएर ११ प्रदेशको संरचना बनाउने तयारी गरेको हो ।
पार्टी महासचिव बैद्यले पेश गरेको ६ पृष्ठको संक्षिप्त राजनैतिक प्रतिबेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आइतबार सकिएको छ ।
महासचिव बैद्यद्वारा पेश गरिएको राजनैतिक प्रतिबेदनमा बिभिन्न सीमाहरुकैबीचमा स्थानीय निर्वाचन बहिष्कार आन्दोलनले पार्टीको क्रान्तिकारी छवि जोगाएको सार प्रस्तुत गरिएको छ । २०७४ को स्थानीय तथा संसदीय निर्वाचनमा भाग लिनु पार्टीको गम्भीर त्रुटी भएको निश्कर्ष निकालिएको छ ।
यस्तै, क्रान्तिकारी माओवादीले प्रगतिशील सरकारको एजेण्डा अघि सार्ने भएको छ । बैठकमा महासचिव वैद्यले पेश गरेको राजनीतिक प्रस्तावमा प्रगतिशील सरकारको प्रस्ताव गरिएको छ । वर्तमान राजनीतिक निकासका लागि सर्वपक्षीय राजनतिक सम्मेलन गर्नुपर्ने माग पनि क्रान्तिकारी माओवादीले अघि सार्ने भएको छ ।
आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने निर्णयसहित सोमवार बैठक सकिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।