Media Network

वैद्य निकट विद्यार्थी संगठनका पूर्व अध्यक्षद्वारा पार्टी परित्याग


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षले पार्टी परित्याग गरेका छन् । 

क्रान्तिकारी विद्यार्थीका पूर्व अध्यक्ष शेवन्तराज भण्डारीले क्रान्तिकारी माओवादी परित्याग गर्दै नयाँ मोर्चाको घोषणा गरेका छन् । क्रान्तिकारी माओवादीले आसन्न स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि भण्डारीले परित्याग गरेको बताएका छन् । 

आगामी निर्वाचनमा भाग लिनका लागि भन्दै भण्डारीसहितका केही युवाहरुले संयुक्त समाजवादी मोर्चा गठन गरेका छन् । भण्डारी मोर्चाका संयोजक बनेका छन् । 

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको थियो । 

पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरी वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको भण्डारीले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद