Media Network

वैद्यको पार्टीबाट विद्रोह गरेको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।  राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् । 

माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रुपमा जारी विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र  नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो । 

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्र्मा समाहित भएका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद