वैद्यले राष्ट्रियताको रक्षाका लागि युवाहरु अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
भेलामा शुभकामना ब्यक्त गर्दै वक्ताहरुले एमसीसी पास गरेर अब पुनः स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आवद्ध गरी अमेरिकी सेनाको नेतृत्वमा नेपाली सेनालाई सुम्पिन खोजेको आरोप लगाए ।
एसपीपी सैन्य रणनीति अन्तरगतकै योजना भन्दै यसको सशक्त प्रतिरोध गर्नुपर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ एवम् अखिल नेपाल प्राध्यापक संगठन अध्यक्ष प्रा.डा.जगदिशचन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन अध्यक्ष हुकुमबहादुर सिंह, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) महासचिव धनेश्वर पोखरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।
युवा लिगको राष्ट्रिय भेलामा शुक्रबार नै बन्दसत्र गरी नयाँ नेतृत्व चयन गरिने युवा नेतृ ज्ञानु खतिवडाले बताइन् ।