फागुन २९ गते बसेको विवेकशील साझा पार्टीको कार्यसम्पादन समितीको बैठकले बागमति प्रदेश सांसद रमेश पौड्यालसहित केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर यस्तै नेताहरु सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
साझा पार्टीले उनीहरूले पार्टीको काममा सरिक नभएको, कतिले समानान्तर गतिविधि सञ्चालन गरेको, पार्टीको लेवि नतिरेको, पार्टीको बैठकमा उपस्थित नभएको भन्ने आरोप लगाएको छ ।