यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित
काठमाडौँ । संसदमा पेश भएको यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ बहुमतले पारित भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त विधेयकमा सांसदहरुलो आ–आफ्नो धारणा राखेपछि उठेका केही प्रश्नहरुको जवाफ कानुन, न्याय तथा संसदिय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला ) ले दिएका थिए ।  

सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै पनि सांसद नभएपछि सभामुख सापकोटाले उक्त विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।