Media Network

यस पटक म मतदान गर्दीन : बामदेव गौतम


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

काठमाडौँ । नेकपा एमाले विभाजन भए यता पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका नेता बामदेव गौतमले आफूले यस पटक मतदान नगर्ने बताएका छन् । 

 केही समय यता आफु राजनीतिमा न्युट्रल बस्दै आएको र अहिले पनि आफु न्युट्रल नै बस्ने र यो पटकको निर्वाचनमा मतदान नगर्ने उनको भनाई छ । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम बर्दीयाको बाँसगढी नगरपालीका वडा नम्बर १ का मतदाता हुन् l

राजनीतिमा न्युट्रल बस्दै आएका गौतमले केही दिन अघि नेकपा एकीकृत समाजवादीको चुनावी गीत “जनता जगाउने कलममा छाप लाउने” लेखेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद