Media Network

यादव पक्षले गरेको मन्त्री हेरफेरको निर्णय बाबुराम पक्षद्वारा अस्वीकार


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको मन्त्री हेरफेर गर्ने निर्णयलाई जसपाका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले अस्वीकार गर्ने भएको छ । 

पार्टीमा विवाद चर्किदै गएपछि यादव पक्षले पार्टीबाट मन्त्री भएका तिन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तिन जना नेतालाई मन्त्रीमा सिफारिस गरेको छ । यादव पक्षको सोही निर्णयलाई कार्यान्वयन नगर्न माग गर्दै आज प्रधानमन्त्री देउवालाई भेट्ने भट्टराई पक्षका एक नेताले जानकारी गराएका छन् । 

ती नेताले भने “पार्टीमा विवाद चलिरहेको अवस्थामा यादव पक्षले एकलौटि रुपमा मन्त्री फेरबदल गर्ने निर्णय गरेको छ । जुन आफुहरुलाई स्वीकार छैन् । यादवले तत्काल यो निर्णयलाई सच्याउनु पर्छ । अध्यक्ष यादवले गरेको निर्णय सर्वसम्मत होइन,यो एकलौटि र विवादित निर्णय हो । यसलाई कुनै पनि हालतमा कार्यान्वयन नगर्नु होला भनेर हामी आजै प्रधानमन्त्री देउवाले भेट्दै छौं ।”

उनका अनुसार यस अघि पनि संघिय परिषद् अध्यक्ष भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर यादव पक्षले गरेका निर्णलाई कार्यान्वयन नगर्न माग गरेको र अब आफुहरुले असार २७ र २८ गते विरगञ्जमा बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा उपस्थिति हुने वा नहुने भन्ने विषयमा पनि छलफल गर्ने बताएका छन् ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद