Media Network

एनआरएनए महाधिवेशनः राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । 

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने आयोजकले जनाएको छ । एनआरएनए असन्तुष्ट पक्षले भने तीन दिनअघि नै काठमाडौंमा विश्व सम्मेलनको आयोजना गरेका थिए । 

एनआरएन पूर्व अध्यक्ष तथा संस्थापक शेष घले लगायतले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समिति नै घोषणा गरिसकेका छन् । 

शनिवारदेखि शुरु हुने संस्थापन पक्षको सम्मेलनमा संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा असन्तुष्ट पक्षका एनआरएन तथा पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको छ ।  

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।  संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न  बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद