Media Network

‘एनआरएनए’ निर्वाचनः कुन बैधानिक ?


खबरस्टोरी संवाददाता

२७ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक वर्षपछि निर्वाचन हुँदै गर्दा दुई समूहमा विभाजित भएको छ । 

कुमार पन्त नेतृत्वको वर्तमान कार्य समितिले निर्वाचन कार्यक्रम जारी राखेकै बेला उम्मेदवार मनोनयनको अन्तिम दिन एनआरएनएका संस्थापक शेष घले पक्षले मार्च २२ देखि २५ तारिखमा निर्वाचन गर्ने नयाँ मिति तय गर्दै एनआरएनएको महाधिवेशन आयोजक समिति गठन गरेका छन् । जसको आयोजक समितिका संयोजक सोनाम लामा बनेका छन् । 

एनआरएनएको विवाद समाधान गर्न शेष घलेको संयोजकत्वमा गठित उच्च स्तरीय समितिले निकास नदिएपछि मार्च २४ देखि निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम घोषणा गरिएको थियो । 

सोही निर्वाचन कार्यक्रमअनुसार अमेरिकाकी रबिना थापाले मार्च ८ तारिखमा १० लाख रुपैयाँ बुझाएर अध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता गराएकी थिइन् । उम्मेदवार मनोनयनको अन्तिम दिन शुक्रबार रसियाका डा. बद्री केसीले पनि १० लाख तिरेर अध्यक्ष पदमा मनोनयन दर्ता गराए । थापा र केसी दुवै वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् । 

तर अध्यक्षका दाबेदार रहँदै आएका कुल आचार्य भने शेष घले समूहमा उभिए । जसका कारण अन्तिम दिन निर्वाचन कार्यक्रममा भाग लिएनन् । निर्वाचन कार्यक्रम बहिष्कार गर्दै आचार्यले उम्मेदवारी दर्ता गराएनन् ।  

यता, एनआरएनएको विधान २००३ (२०२१ संशोधनसहित) को धारा  १६.१.४ अनुसार निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरिएको शेष घलेले बताए । 

संस्थापन पक्षको निर्वाचन कार्यक्रम अनुसार सबै उम्मेदवारी दर्ता भईसकेको छ । अस्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा र जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायतले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद