Media Network

एनआरएनए विवाद ; आलोपालो नेतृत्वमा सहमति


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद तत्कालको लगि सल्टिएको छ । विधान संशोधन गरेर आलोपालो अध्यक्ष बनाउने सहमतिपछि संघको विवाद टुंगिएको हो  । अध्यक्षका प्रत्याशी कुल आचार्य, बद्री केसी र रविना थापाबीच आलोपालो अध्यक्षमा रहने गरी सहमति जुटेको छ ।

बालुवाटारस्थित एनआरएनए कार्यालयमा मंगलबार आयोजित सम्मेलनमा उम्मेदवारहरूले आफूहरूबीच कुनै विवाद नरहेको बताएका थिए ।

नेतृत्वमा आलोपालो गर्न विधान संशोधनको आवश्यकता भएको र सोको प्रस्ताव अन्तर्राष्ट्रिय समन्वय परिषद्ले महाधिवेशनमा लिएर जाने र  निर्वाचनमा सहमति जुटिसकेकाले विधान संशोधन गरेको भोलिपल्ट तीन जनालाई आलोपालो अध्यक्ष भएको घोषणा सहित दुईवर्षे कार्यकाल अब तीन जनालाई तीन भाग लगाइने बताइएको छ ।

मंगलबार होटल याक एन्ड यतीमा दसौं अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ, जसको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । सम्मेलनमा अध्यक्षका उम्मेदवार कुल आचार्य पक्षको सहभागिता थिएन । घलेले आचार्य पक्षलाई समर्थन गर्दै आएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद