Media Network

एनआरएनएको अध्यक्षमा बद्री केसी र कुल आचार्य भिड्ने 


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को अध्यक्षमा डा. बद्री केसी र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

डा. केसीले मंगलबार काठमाडौंमा कार्यक्रम गरी आफ्नो प्रतिवद्धतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । 

आचार्यले भने १० दिनअघि नै एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।  

डा. केसी र आचार्य दुवै एनआरएनको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । एनआरएनए कार्य समितिमा रहेर लामो समय काम गरेको दुबैलाई अनुभव छ । 

एनआरएनएको वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका डा. केसी र आचार्य दुवैले संस्थालाई अझ उचाइमा पुर्याउन आफूले सशक्त ढंगले लाग्ने प्रतिवद्धता जनाएका छन् । 

आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका दुवैले आ–आफ्नो प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । 

संस्थामा रहेर विगतमा आफूले गरेको कार्य विवरण तथा आगामी दिनेमा गर्ने भावी योजना पनि दुवैको झण्डै झण्डै उस्तै छ । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद