Media Network

एनआरएनएको निर्वाचन तालिका सार्वजनिक, मतदान मार्च २१ र २२ मा


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी मार्च २१ र २२ तारिखमा हुने भएको छ।

एनआरएनए निर्वाचन समितिले मार्च २१ र २२ तारिखमा मतदान हुने गरी सम्पूर्ण निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

यसअघि चार पटकसम्म एनआरएनएको निर्वाचन मिति तय गरि स्थगित गरिएको थियो । 

एनआरएनएभित्रको विवादका कारण निर्वाचन स्थगित गरिँदै आएको थियो । विवाद मिलाउन भन्दै एनआरएनएको प्रमुख संरक्षक एवम् पूर्व अध्यक्ष शेष घलेलाई जिम्मेवारी दिइएको थियो । विवाद समाधान गर्न भन्दै घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति बनाइएको थियो । 

घले नेतृत्वको उच्च स्तरीय समितिले तोकिएको समयसीमाभित्र विवाद समाधानको निकास दिन नसकेपछि निर्वाचन समितिले नै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । 

निर्वाचन  समिति सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । 

यस्तै, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय तथा मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

मार्च ४ र ५ तारिखमा उम्मेदवारको मनोनयन दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

यसैगरी, मार्च ११ मा उम्मेदवारले मनोनयन फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिखका दिन बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद