Media Network

कोरियन भाषा परीक्षाको आवेदन १४ चैतदेखि खुल्ने


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

काठमाडौं । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खोल्दै छ ।  

इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर चैत १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउने शाखाले जनाएको छ ।  

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो । आवेदन खुल्न लागेको जानकारीका साथै परीक्षा तालिका पनि प्रकाशित गरिएको छ ।  

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ । 

यस्तै, उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुने जनाएको छ ।  

उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ भने ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक गरिएको छैन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद