Media Network

नेपाली महिलाको कुवेतमा मृत्यु


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी एक महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत पुगेकी झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको मृत्यु भएको हो । 

पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन् । उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको एनआरएनए) कुवेतले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद