Media Network

नेपाली साहित्यलाई संसारभर फैलाउँदै गरेका श्रष्टाहरु


खबरस्टोरी संवाददाता

१८ असार २०७९,शनिबार

काठमाडौं । नेपालमा रोजगारीको अभावमा वैदेशिक रोजगारीका लागि दैनिक झण्डै २ हजार नेपालीहरु विदेशिने गरेका छन् । एजुकेशन भिजा होस् वा भिजिट भिजा अथवा वर्किङ भिजा जेसुकै भएपनि खासगरी आर्थिक उपार्जन गर्ने उद्देश्यले नै नेपालीहरु घर छाडेर मुङलाङ पसिरहेका छन् । 

इन्जिनियर, डाक्टर, वकिल, शिक्षक, पत्रकार, राजनीतिकहरुदेखि साहित्यक श्रष्टाहरुसमेत आर्थिक उपार्जनकै शिलशिलामा संसारभर पुगिरहेका छन् । आर्थिक उपार्जनका लागि विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालको माया भने सबैलाई हुन्छ नै । त्यसैले विभिन्न तवरबाट नेपालीहरुले नेपाली भाषा, संस्कृति अनि नेपाललाई प्रेम गरिरहेका छन् । 

विश्वभरी छरिएर रहेका नेपालीहरु मात्र होइन, बाध्यतावश नेपाली नागरिकतासमेत त्याग्न पुगेकाहरुसमेत गैरआवसीय नेपालीहरु गैरआवासीय नेपाली संघ (एनआरएन)का माध्यमबाट जोडिन पुगेका छन् । विश्वभरी छरिएका नेपाली हुन् वा गैरआवासीय नेपाली साहित्यिक श्रष्टाहरुलाई भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसास)ले जोड्न पुगेको छ । 

अनेसासले विश्वभरी छरिएर रहेका नेपाली साहित्यिक श्रष्टाहरुलाई जोड्दै नेपाली भाषा, साहित्य, कला, संस्कृतिहरुलाई संरक्षण र सवद्र्धन गर्ने काममा कोशेढुंगा बन्दै गएको छ । 

नयाँ नेतृत्व चयन प्रक्रियामा अनेसास 

नेपाली भाषा, साहित्य, कला, सङ्गीत र नृत्यलाई सिर्जना, प्रकाशन, वितरण, अनुवाद तथा अध्ययन गर्दै नेपाली सांस्कृतिक धरोहरको संरक्षण र सम्बद्र्धन गर्न चाहने सबै नेपाली सर्जक तथा संस्कृतिकर्मीहरूका लागि सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय मञ्चको रूपमा आफूलाई उभ्याएको अनेसास यतिबेला नयाँ नेतृत्व चयन प्रक्रियामा रहेको छ ।  

आगामी दुई वर्षे कार्यकालका लागि विश्वभरीका साहित्यिक श्रष्टाहरुले उम्मेदवारी दिएका छन् । सन् २०२२–२४ का लागि उम्मेदवारी दिएका मध्ये पाँच पदाधिकारीसहित १० जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । 

नयाँ कार्यकालका लागि क्षेत्रीय उपाध्यक्षहरुमा अमेरिकाबाट राजेश के श्रेष्ठ, युरोपबाट डेनमार्कमा रहेकी सीतादेवी बास्तोला बराल, ओशिनियाबाट अष्ट्रेलियामा रहेका महेश्वर शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् । 

यस्तै, सचिवमा जापानमा रहेका दीप पाठक र अमेरिकामा रहेका निजानन्द मल्ल कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् भने पाँच सदस्य पदमा पनि निर्विरोध भएको छ । 

अनेसासको मञ्चको नयाँ कार्यसमितिका लागि अन्य पदका भने निर्वाचन प्रक्रियाबाट टुंग्याउन लागिएको छ । 

को को छन् प्रतिष्पर्धी ?

विश्वभरीकै साहित्यक कार्यक्रमहरु गर्दै आएको साहित्यिक मञ्च अनेसानको अध्यक्ष पदका लागि दुई जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । अमेरिकामा रहँदै आएका गोबद्र्धन पूजा र बेलायमा रहेका सुनिल संगम अनेसासको नयाँ नेतृत्वका लागि उभिएका छन् । 

यस्तै, बरिष्ठ उपाध्यक्षमा अमेरिकामै रहेका लालगोपाल सुवेदी र सर्वज्ञ वाग्ले प्रतिष्पर्धामा छन् । 

क्षेत्रीय उपाध्यक्षहरुमा भने एशियाबाट नेपालमै रहेकी डा. रेणु सोलु, र शशी थापाबीच प्रतिष्पर्धा हुँदैछ ।

यसैगरी, महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । अमेरिकामा रहेकी बिमला निरौला, अमेरिकाकै कृष्णकुमार गिरी अमेरिका र पोर्चुगलमा रहेका स्पन्दन विनोद प्रतिष्पर्धामा रहेका छन् । 

यसैगरी, पाँच सदस्यमा भने सबै निर्विरोध चुनिएका छन् । सरिता अर्याल (नेपाल), सुदीप भद्र खनाल (अमेरिका), सुमित गिरी (जापान), तारा अधिकारी (अमेरिका), यादव देवकोटा (पोर्चुगल) निर्वाचित भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद