Media Network

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेकी छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को शनिवारबाट काठमाडौंमा शुरु भएको १० औं महाधिवेशनमा लिखित भाषण गर्दै राष्ट्रपति भण्डारीले गैरआवासायीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरिन् । 

उनले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन एनआरएनले खेलेको भूमिकाको प्रशंशा पनि गरिन् । कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । 

राष्ट्रपति भण्डारीले संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानुनको निर्माण पश्चात् सो व्यवस्था लागू हुनेमा विश्वास व्यक्त गरिन् ।

अध्ययन, व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई मेहनतपूर्वक आर्जन गरेको ज्ञान, सीप र धनलाई नेपालमा रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्र खोजेर लगानी गर्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् । 

कुपण्डोलस्थित हिमालय होटलमा शनिबारबाट शुरु भएको महाधिवेशनले एनआरएनएको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ६ महिनाअघि नै हुनुपर्ने महाधिवेशन प्रतिनिधि विवादका कारण लम्बिएको थियो । एनआरएनएमा शेष घले पक्षले भने छुट्टै कमिटी बनाएर महाधिवेशनको तयारी गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद