Media Network

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७८,आईतवार

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदैछन् । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका हुन् । 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ । मंगलबार नै उनी स्वदेश फर्किनेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद