Media Network

दक्षिण कोरियामा १३ नेपाली पक्राउ


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् । अवैध रूपमा काम गर्दै आएका उनीहरुलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । 

पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् भने बसाइ अवधि सकिएका अन्य नौ जना छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद