Media Network

युक्रेनबाट ५७९ नेपाली बाहिरिए, नौजना स्वदेश फिर्ता


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौं । युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये जम्मा नौजना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा पुगेका नेपालीमध्ये १५ जना प्रहरीको निगरानीमा छन् । 

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट बाहिरिएकामध्ये चार सय ६६ जना पोल्यान्ड पुगेका छन् । ७८ स्लोभाकिया, २७ रोमानिया र आठजना हंगेरी पुगेका छन् । युक्रेनबाट बाहिरिएका नेपालीमध्ये ६ जना आफ्नै खर्चमा र तीनजना भारतीय उद्धार उडानबाट स्वदेश फर्किएको राजदूत खड्काले बताए । उनका अनुसार बाँकी नेपालीले स्वदेश फर्किने इच्छा गरेका छैनन् ।  

खड्काका अनुसार सोमबार साँझसम्म पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरमा एक सय ३६ नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने खोजिरहेका छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्न खान समन्वय गरिरहेको छ । 

युक्रेनबाट बाहिरिएकामध्ये स्लोभाकियामा 

व्यवसायी जयप्रसाद सिवाकोटीले नेपालीलाई समन्वय र सहयोग गरेका छन् । हंगेरीमा त्यहाँ बस्दै आएका नेपाली सुरेन्द्र श्रेष्ठले समन्वय गरेका छन् ।

जर्मनीस्थित नेपाली राजदूतावासले युक्रेनमा विनापासपोर्ट रहेका ६८ जना नेपालीलाई ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काले युक्रेनबाट उद्धार गर्नुपर्ने नेपालीहरू अब नरहेको नयाँपत्रिका दैनिकले समाचार लेखेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद