Media Network

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त खुल्याे


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

काठमाडौं। सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्‍वाररसँग दरखास्त माग गरेको हाे ।

३५ वर्ष उमेर पुगेर ६५ वपर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन् । उमेद्‍वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद