Media Network

महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो १६ उपप्राध्यापक


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८२,बिहीबार

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसले १६ जना उपप्राध्यापक मागेको छ ।

बिहीबार विज्ञापन जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग्दै दरखास्त आह्वान गरेको हो ।

विज्ञापन अनुसार कार्डियोलोजी, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, ओलर एन्ड म्याक्सिल्लो फेसियल सर्जरी, सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी, अर्थोपेडिक्स, न्युरो सर्जरी, न्युरोलोजी एन्ड मिर्गौला प्रत्यारोपण लगायतका विभिन्न विषयका लागि उपप्राध्यापक पदमा आवेदन खुलाएको हो ।

करार अवधी एक वर्षको हुने पनि जनाइएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिदेखि २८ दिनभित्र आवेदन बुझाउन सक्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद