नेपाली सेनाद्वारा उपसेनानीदेखि विभिन्न पदका लागि दरखास्त आह्वान


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
नेपाली सेनाद्वारा उपसेनानीदेखि विभिन्न पदका लागि दरखास्त आह्वान
काठमाडाैं। नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना  माग गरिएकाे छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनकाे पूर्ण विवरण आजकाे गाेरखापत्रमा प्रकाशित छ ।