Media Network

रोजगारको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ 


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई प्रहरीले मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । मंगलबार पक्राउ गरेका निरौलालाई प्रहरीले विहीबार मात्रै सार्वजनिक गरेको हो । 

निरौलाले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक भनी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त कम्पनी भने बन्द रहेको प्रहरीले जनाएको छ । 

पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ उक्त रकम ठगी गरेका थिए ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद