Media Network

विमानस्थलमा विदेश जानेको लर्को (फोटाेफिचर)


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भई देशैभरका पालिकाहरुमा जनप्रतिनिधिहरुले कार्यभार सम्हालिरहेका छन् । 

वैशाख ३० गते सम्पन्न मतदानबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले स्थानीय सरकारको नयाँ नेतृत्व सम्हाल्दै गर्दा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीको शिलशिलामा विदेश जानेको ताँती लागिरहेको छ । 


‘चुनाव सकियो, रोजगार दिँदैनन्, रोजीरोटीका लागि विदेश जानै पर्यो नि ।’– वैदेशिक रोजगारीको शिलशिलामा दुवई जान भन्दै विमानस्थल गेटमा लाम लागेका युवक नबिन थापाले भने । 

मंगलबार बेलुका खबरस्टोरी टिम विमानस्थल छिर्दै गर्दा विदेश जानेहरुको ताँतीले विमानस्थल खचिखचाउ देखिएको थियो । 


विमानस्थलमा विदेश जान लागेका युवा युवतिहरु कोही रुँदै, कोही अंकमाल गर्दै त कोही फोटो खिचाउँदै गरेका देखिन्थे । 

केही दिनअघि विभिन्न राजनीतिक दलका झण्डा बोकेर हिडिरहेका युवाहरुसमेत पुनः देशमै रोजगारीको अभावमा विदेशतिर हिड्दै गरेको दृष्यले प्रश्नचिन्ह खडा गरिदिएको छ ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद