Media Network

आजको मौसमः मेघ गर्जन र चट्याङसहित हल्का वर्षा


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७८,शनिबार

काठमाडौँ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसममा एक्कासी बदलाव आएको छ । 

बिहानैदेखि काठमाडौं उपत्यकासहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो बागमति प्रदेश तथा प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित हल्का हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा र मधेस प्रदेशका एक वा दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद