Media Network

अल्फाबेटले १ खर्ब नाफा गुमाए सँगै युट्युवको आम्दानी घट्यो


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेटको नाफा ८ प्रतिशतले करिब एक खर्ब २३ अर्ब रुपैयाँले घटेको छ । 

नाफा घट्नुको पछाडि युट्युवमा विज्ञापनको कमी र लगानीको मूल्यमा ह्रास आउनु रहेको बताइएको छ । अल्फाबेटले यो वर्षको पहिलो त्रैमासमा १६।४४ अर्ब डलर नाफा गरेको छ । सन् २०२१ को सोही अवधिमा कम्पनीले १७।९३ अर्ब डलर नाफा गरेको थियो ।

गुगल तथा अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसपटक सर्च र क्लाउड सेवामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

उनका अनुसार सर्च र क्लाउडले डिजिटल ट्रान्सफर्मेसनलाई निरन्तरता दिएकाले मानिसहरूलाई त्यसतर्फ सहयोग पुर्‍याएको छ ।

लगानीकर्तालाई आह्वान गर्ने एक कार्यक्रममा पिचाईले युट्यव शर्टमा दैनिक ३० अर्ब ‘रिच’ पुगेको समेत जानकारी दिए ।

उनले भनेका छन्, ‘हामी ठूला उत्पादन र सेवामा लगानी बढाई विश्वभरका आफ्ना पार्टनर र स्थानीय समुदायलाई अवसर सिर्जना गर्नेछौं ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद