Media Network

भौतिक शास्त्रका तीन वैज्ञानिकलाई नोवेल पुरस्कार


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

काठमाडौं । जलवायु परिवर्तनको जटिलताबारेमा अनुसन्धान गरेका भौतिक शास्त्रका तीन वैज्ञानिकलाई नोवेल पुरस्कार घोषणा गरिएको छ । 

नर्वेको राजधानी स्टकहोममा पुरस्कार समितिले एक समारोहकाबीच तीन वैज्ञानिकलाई नोवेल पुरस्कार दिने घोषणा गरेको हो । 

भौतिक शास्त्रका वैज्ञानिकहरु स्युकुरो मनाबे, क्लास हेसलम्यान र जर्जियो पारिसीलाई नोवेल पुरस्कार दिने घोषणा गरिएको छ ।  

मनाबे तथा हेसलम्यानको कामले पृथ्वीमा जलवायु सम्बन्धमा विश्व जलवायु परिवर्तनको प्रभावको भविष्यवाणी सम्भव भएको कम्प्युटर मोडल बनेको छ । 
विजेतालाई पुरस्कार स्वरुप एक करोड क्रोनर प्रदान गरिनेछ । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद