Media Network

चट्याङसहित वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको नेपालको केही ठाउँमा शुक्रबार चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बादल लागेको छ ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । 

शनिबार पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

शनिवार राति प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद