Media Network

एनसेलको नयाँ अल टाइम डेटा प्याक, नन्स्टप यूट्युब डेटा प्याकको भोलुम पनि बढ्यो


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

काठमाडौ। एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबीअल टाइम डेटा ग्राहकले कर सहित मात्र एक सय २५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र एक सय ४७ रुपैयाँमा सात दिनको समयसिमा रहेको ४ जीबीअल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबीअल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

यी प्याकहरु मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबीअल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले नन् स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबीअल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डेटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दे कुनैपनि समय सम्पर्कमा रहि रहन मद्धत गर्ने विश्वास एनसेलले लिएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद