केही ठाउँमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता
६ बैशाख २०७९, मंगलवार
केही ठाउँमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौं । हाल पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको नेपालको केही ठाउँमा मंगलबार चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै केही ठाउँमा आंशिक वर्षा हुनेछ । प्रदेश १ लगायत देशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, बुधबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैबीच, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै गएको छ । गर्मी बढ्दै गएर नेपालगञ्ज लगायतका ठाउँमा तातो हावा चल्न थालेको छ ।