मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी


खबरस्टोरी संवाददाता
१४ माघ २०७८, शुक्रबार
मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी

न्युयोर्क । मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।  मंगल ग्रहको व्यास चार हजार २२० माइल्स ९६,७९१ किलोमिटर० छ । जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स ९१२ हजार ७५५ किलोमिटर० छ । नासाको मार्स रिकोननाइसेन्स अर्बिटर ९एनआरओ० अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ ।